टोपबहादुरलाई खोज्दै निवासमै पुग्यो प्रहरी: खानतलासी गरिएपनि फेला परेनन्

| २०८० बैशाख २६ गते १९: ३९ मा प्रकाशित

काठमाण्डौ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेपछि पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले बेपत्ता छन् ।

यसैबिच मंगलबार प्रहरीले रायमाझीको ललितपुरस्थित सातदोबाटोमा रहेको उनको निवासमा खानतलासी लिएको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।

उनको निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । सन्दीप हाल हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्