अर्घाखाँचीमा अनौठो घट्ना घट्यो : भक्तपुरका टेन्ट हाउस सञ्चालक केसीलाई भाडा दिनु त परै जाओस, उल्टै मार्ने धम्की दिईयो (पीडितले गरे न्यायको याचना)

| २०८० बैशाख २८ गते १८: १८ मा प्रकाशित

काठमाडौं। चाँगुनारायण पार्टी प्यालेस एण्ड टेन्ट हाउस प्रालीका सञ्चालक नविन केसीले उद्योग वाणिज्य संघ, सितगंगा–अर्घाखाँचीका पदाधिकारीहरु र होटल दरबारका सञ्चालक तिलक अधिकारीले आफ्नो सामान कब्जा गरेको र आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि सरकारसमक्ष हारगुहार गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित केसीले आफू निकै ठूलो तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै यसमा संलग्न दोषीहरुलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । सितगंगता उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको १३ दिने महोत्सवमा उनले सामान उपलब्ध गराएका थिए । तर, संघका पदाधिकारी र होटल सञ्चालकले जबरजस्ती आफूलाई कागज गर्न लगाएको सुनाए ।
उनले उक्त महोसत्वको लागि आफूले संघसँग सम्झौता भने नगरेको स्मरण गराए । बरु, आफूले गौतम बुद्ध एभ्युजमेन्ट प्रालीका रामबाबु शाह र

उनका छोराहरु प्रितेश तथा रितेश शाह नामबाट सञ्चालित कम्पनीसँग तीन लाख ७५ हजार भाडा पाउनेगरि टेण्डका सामान उपलब्ध गराएको उनको दाबी छ।

उनले सितगंगा उद्योग वाणिज्य संघ ठाडाँ, अर्घाखाँचीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत स्थानीय होटल व्यवसायीहरुले मिली उद्योग वाणिज्य संघको लेटरप्याडमा बैशाख १२ गते रातिको २ बजे होटल दरबारका सञ्चालक तिलक अधिकारीले होटलमा भेला गरि आफूलाई गाली गलौच गरी कागज गर्न लगाएको आरोप लगाए । उनले भने,‘उनीहरुले मैले कागज नगरे खम्बामा बाँधेर कुटछौं भने । मलाई मार्न पनि पछि पर्दैनौं भनेर घेराबन्दी गरे ।’

केसीले आफू अहिले मानसिक रुपमा तनावमा रहेको सुनाए । उनले भने,‘म मानसिक तनावमा छु, कारण एकातिर उपलब्ध गराएको सामानाको भाडा नपाउनु । अर्को आफूमाथि आक्रामणको प्रयास हुनु । झण्डै डेड करोड बराबारको सामान उद्योग वाणिज्य संघ र होटल व्यवसायीहरुको मिलेमतोमा कब्जामा राएिको हुँदा म निकै अन्यायमा परेको छु ।’

अहिले सामान राख्ने डब्बाको दैनिक १० हजार भाडा पनि तिर्नुपरेको उनको गुनासो छ । उनले अहिलेसम्म मैले पाउनुपर्ने भाडा आयोजकबाट नपाएको र उल्टै आफना सामान कब्जामा राखिएको दाबी गरे । उनले भने,‘मैले त रामबाबु शाह र उनका छोराहरुसँग सम्झौता गरेको हो ।’

उक्त विषयलाई लिएर आफूले स्थानीय प्रहरी निरीकक्षकलाई पनि भनेको सुनाए । तर, त्यहाँबाट कुनै सुनुवाई नभएको उनको गुनासो छ । उनले भने,‘उहाँले अदालत जानुहोस भन्नुभयो । क्षतिपूर्तिसहित मेरा सामान फिर्ता पाउँ । म माथि अन्याय गर्नेहरुलाई काबराही होस ।’

पत्रकार सम्मेलनको सञ्चालन भने विष्णुमाया पौडेलले गरेकी थिईन् ।श्रोत - रिपोर्टर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्