भूमिकास्थानमा आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले राहत कोष स्थापना गर्ने

| २०८० बैशाख २९ गते १४: ११ मा प्रकाशित

बैशाख २९, बुटवल । भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले भूमिकास्थान नगरपालिका भित्र आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै राहत कोष स्थापना गर्ने भएको छ।

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाबाट विभिन्न सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी / स्थायी रुपमा बसाेबास गर्नेहरुकाे साझा संस्थाका रुपमा रहेको भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले आगामी दिनमा पालिका भित्र हुन सक्ने विपत्तिलाई मध्यनजर गर्दै पीडितलाई राहत दिने उद्धेश्यले राहत काेष स्थापना गर्न लागेको अध्यक्ष लक्ष्मण बेल्वासेले जानकारी दिनुभएको छ।

भूमिकास्थान-रुपन्देही सम्पर्क समाज

शुक्रबार बुटवल १३ बेल्वासमा बसेको समाजको बैठकले उपाध्यक्ष ढुण्डिराज खनाल (ढाकावाङ्ग) संयाेजक रहेको ७ सदस्यीय राहत काेष संरक्षण समिति समेत निर्माण गरेको छ।

जसको उप-संयाेजक सन्तोष बन्जाडे (धारापानी) र सदस्यहरुमा क्रमशः प्रेम बन्जाडे (असुरकाेट), मुकुन्द बेल्वासे (खिल्जी), गाेपाल गैरे (नुवाकोट), हेमन्त मरासिनी (ढिकुरा) र प्रकाश जिसी (धनचाैर) लाई चयन गरेको छ।

त्यस्तै बैठकले समाजले गरेका काम र निर्णयहरुलाई आम सदस्य तथा जनता माझ पुर्याउने जिम्मा प्रेस सल्लाहकार टेकराज भुसाललाई दिएको सचिव यमप्रसाद गैरेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्