नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित १४ जनालाई अदालतमा उपस्थित गराइँदै

| २०८० जेठ ३ गते १३: २१ मा प्रकाशित

काठमाडौं, ३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा अहिलेसम्म १४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको अनुसन्धान अझै बाँकी रहेकाले आज (बुधबार) म्याद थपका लागि अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा गत चैत्र १२ गते तीन जनालाई पक्राउ गरेको थियो । उनीहरु ५४ दिनदेखि प्रहरी हिरासतमा छन् । संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने प्रावधान छ । तर, पछाडि पक्राउ परेका आरोपीहरुसँग म्याद मिलानको तयारी भइरहेको बताइएको छ ।

नक्कली शरणार्थी प्रकरणका आरोपित तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक, बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा नीरज फरार छन् ।स्रोत - रिपोर्टर नेपाल 

प्रतिक्रिया दिनुहोस्