नक्कली शरणार्थी प्रकरणका दोषी कसैलाई छुट हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

| २०८० जेठ ३ गते १६: २८ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेको नेकपा एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेलको प्रतिनिधि मण्डलसँग उनले यस्तो बताएका हुन् ।

दोषी नउम्कने र निर्दोष नफस्नेगरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणका अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवाद समेत दिएको छ। 

देशका उच्च पदस्थ व्यक्तिनै नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाएर मानव बेचविखन र राष्ट्रद्रोहको कुकर्ममा लागेको समावजवादीको ठहर छ ।


यसैबीच मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय टोलीले पनि आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

ध्यानाकर्षणपत्र बुझाउँदै समाजको टोलीले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीहरूलाई कारवाही गर्न र मानवअधिकारमैत्री ऐन बनाएर संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह गरेको छ।rss

प्रतिक्रिया दिनुहोस्