आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती पक्राउ

| २०८० असार १३ गते २३: ३२ मा प्रकाशित

बुटवल । बचकर्ताको रकम अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती लाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको बताए । उनी माथी थप अनुसन्धान भइरहेको डिएसपी अर्यालको भनाई छ ।

घर्ती विरुद्ध ५० भन्दा बढि बचतकर्ताले प्रहरीमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्