चिर्पट प्रहार गरी भिनाजुको हत्या

| २०८० सावन ६ गते १७: २२ मा प्रकाशित

धनुषा।धनुषामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनिया बजारमा एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले बनारसका २५ वर्षीय सुरज सिंहलाई पक्राउ गरेको छ। 

उनलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। शिवमुरत सुरजका भिनाजु हुन्। उनीहरू लक्ष्मीनिया बजारमा काम गर्न बस्दै आएका थिए। 

घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएका थिए। उनको रामा अस्पताल जनकपुरमार्फत भारतको सितामाढीतर्फ लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 


घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतो पाटी बाट साभार 

प्रतिक्रिया दिनुहोस्