सुन प्रकरणमा पक्राउ परे विमानस्थलका भन्सार अधिकृतसहित ६ जना

| २०८० सावन ७ गते १७: ४६ मा प्रकाशित

राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद् भएको प्रकरणमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरेको छ।

स्रोतका अनुसार विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ।

भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले आइतबार पक्राउ गरेको छ।

पक्राउ परेका चन्द, ढकाल र श्रेष्ठदलाई शनिबार निलम्बन गरिएको थियो।

भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले गत मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो।

यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ। जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन्।

सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ।rss

प्रतिक्रिया दिनुहोस्