यसपालिको तीज हिलाम्मे नहुने

| २०८० भदौ २९ गते १७: ४९ मा प्रकाशित

यसपालीको तीज हिलाम्मे नहुने भएको छ । असोज १ गते पर्ने महिलाको महान चाड हरितालिका तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विज्ञान विभागले जनाएको छ । अहिले नेपालमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । तर तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार तीजको समयमा ठूलो पानी पर्ने सम्भावना छैन । यद्यपी छिटफुट पानी भने पर्नसक्ने उनको भनाइ छ ।

उनले भने,“यसपालीको तीजमा ठूलो पानी पर्ने सम्भावना छैन । त्यसैले तीज हिलाम्मे हुने सम्भावना छैन । छिटफुट पानी भर्ने पर्न सक्नेछ ।”

आगामी तीन दिन देशभरको मौसम आंशिक बदली

आगामी तीन दिन नै देशभरको मौसम आंशिक बदली हुने भएको छ । मौसमविद् लामिछानेका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । काठमाडौं उपत्यका अहिले वर्षा भइरहेको छ ।

उपत्यकामा राति पनि पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । अधिकारीका अनुसार आगमी तिन दिन सबै प्रदेशको मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ ।

मौसमी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ सरेकाले मौसम आंशिक बदली हुन लागेको हो । आगामी तीन दिन गड्याङ्गुडुङ् गर्ने वित्तिकै तत्काल नै पानी पर्ने सम्भावना देखिएको उनको भनाइ छ ।अन्नपूर्ण टिभी 

प्रतिक्रिया दिनुहोस्