घटस्थापनादेखि नयाँ नोट साँट्न पाईने, एक जनालाई १८ हजार ५ सय रुपैयाँको सटही सुविधा

| २०८० असोज ९ गते १५: १५ मा प्रकाशित

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोटको सटही सुविधा सुरु गर्न लागेको छ । घटस्थापनादेखि नयाँ नोटको सटही सुविधा प्रदान गर्नेगरि राष्ट्र बैंकले तयारी थालेको छ । यसवर्ष पनि अघिल्लो वर्षझैं १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने जनाइएको छ । बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने जनाईएको छ ।रिपोर्टस नेपाल 

प्रतिक्रिया दिनुहोस्