अनैतिक सम्बन्धको चक्करमा उखुबारीमा शिशु छोडेर आमा फरार

| २०८० असोज १० गते १७: ५२ मा प्रकाशित

काठमाडौँ । कञ्चनपुरमा उखुबारीमा शिशु छोडेर आमा फरार भएकी छन् । शिशु शुक्रवार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–७ स्थित स्याली नदीनजिक उखुबारीमा बाँधिएको अवस्थामा भेटिएकी थिइन्। आमा २५ वर्षीया शर्मिला चौधरी ती बालिकालाई राति ७/८ बजेतिर उखुबारीमा बाँधेर भागेकी थिइन्। स्थानीयले बिहान उखुबारीमा बालिका रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

परपुरुषको प्रेमजालमा परेकी आमा शर्मिलाले आफू अविवाहित र एक सन्तानकी आमा भएको प्रमाण लुकाउन बच्चालाई राति उखुबारीमा छाडेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जालमार्फत चिनजान भएपछि स्थानीय प्रेम चौधरीसँग प्रेम सम्बन्ध गाँसेकी शर्मिलाले तेस्रो पटक विवाह गर्न यस्तो घिनलाग्दो हर्कत गरेको भनाइ प्रहरीको छ। जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरले प्रेमी प्रेमकै घरबाट उनलाई पक्राउ गरी बेलौरी इलाका प्रहरी कार्यालय ल्याई आवश्यक कारबाहीका लागि अनुसन्धान थालेको छ ।

शर्मिलाविरुद्ध पुनर्बास नगरपालिका–२, अमरैया बस्ने उनकै आमा रामपति र फुफूले कानुनी कारबाहीका लागि प्रहरीमा जाहेरी दिएको छ । उखुबारीमा फेला परेकी ११ महिने बालिकालाई हजुरआमा रामपतिको जिम्मा लगाइएको छ।स्रोत -द नेपाल टप 

प्रतिक्रिया दिनुहोस्