विवाह समारोहमा आगलागी हुँदा इराकमा बेहुला बेहुलीसहित सय जनाको मृत्यु

| २०८० असोज १० गते १३: ०० मा प्रकाशित

उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । १ सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

 स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीमा दुलहा र दुलहीको समेत मृत्यु भएको छ । भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो । इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ पौने ८ बजे आगलागी भएको हो । आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

 तर, प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ । इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले अग्नि नियन्त्रकहरूले आगो निभाइरहेको देखाएको छ । सामाजिक सञ्जालमा स्थानीय पत्रकारहरूका तस्बिरहरूले कार्यक्रम हलको जलेको अवशेष देखाएका छन् । 

इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयासहरू परिचालन गरिएको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्