डाक्टर कुट्ने इन्स्पेन्टर मदन श्रेष्ठ निलम्बित:

| २०८० असोज १० गते १६: ५६ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्स्पेन्टर) मदन श्रेष्ठ निलम्बित भएका छन्।मणिपाल शिक्षण अस्पतालमा उपचाररत लमजुङकी एक महिलको मृत्यु भएपछि सुरु भएको विवादमा सुरक्षाका लागि खटिएका इन्स्पेन्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका थिए।

इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको नागरिक न्युजलाई जानकारी दिए। उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीलाई भने सरुवा गरिएको छ।नागरिक न्युज 

प्रतिक्रिया दिनुहोस्