जलाउँदै गरेको युवतीको शव चिताबाट बरामद: तीन जना पक्राउ

| २०८० असोज ११ गते १३: ५८ मा प्रकाशित

काठमाडौं,११ असोज । प्रहरीले सर्लाहीबाट जलाउन लागिएको एक युवतीको शव बरामद गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका १ का सुनिल साहकी २१ वर्षिय श्रीमती मनिसा साहको शव प्रहरीले बरामद गरेको हो । शवसँगै तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्