८ लाख भारुसहित विमानस्थलमा समातिए दुई भारतीय

| २०८० मंसिर १५ गते २०: ५९ मा प्रकाशित

काठमाडौं। ८ लाख भारतीय रूपैयाँसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्ता रहेको प्रहरीले जनाएको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट विस्तारा एयरको उडानद्वारा दिल्ली जान लागेका वेला अन्तरराष्ट्रिय उडानतर्फको ह्याण्डव्यागेज परीक्षण क्षेत्रमा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १०० दरका ६७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।

यस्तै पंकज गुप्तालाई ५ सय दरका ६१७ थान  (३ लाख ८ हजार ५ सय) भारतीय रूपैयाँसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्‍यक अनुसन्धानका लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्