टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

| २०८० मंसिर १६ गते ०४: १८ मा प्रकाशित

उच्च अदालत पाटनले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

संकलित प्रमाणबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर प्रमाणित नभएको भन्दै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

‘मिसिल संलग्न जाहेरी दरखास्त तथा पीडितहरूको घटना विवरण कागजबाट यी प्रतिवादी सन्दीप रायमाझीले पीडितहरूसँग रकम लिएको देखिएन,’ आदेशमा भनिएको छ।

यद्यपि, अदालतले टोपबहादुरलाई भने थुनामै राख्न आदेश दिएको छ। 

प्रतिक्रिया दिनुहोस्