गृहमन्त्रि श्रेष्ठको मुटुमा फेरि समस्या, एन्जिओप्लास्टी गरियो, स्वास्थ्य स्थीर

| २०८० मंसिर २० गते १८: ३९ मा प्रकाशित

२० मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय रोग केन्द्रमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थीर छ ।

मन्त्री श्रेष्ठको सचिवालय सदस्य विजय गौतमले मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको छ । उनलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएकोथियो ।

यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरि मुटुको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्