सासूले गरिदिइन् बुहारीको विवाह

| २०८० मंसिर २१ गते २१: २१ मा प्रकाशित

२१ मंसिर, विराटनगर। सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् ।

इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु ।

२०६९ सालमा जानुकाकी कान्छो छोरा फणीन्द्रसँग झापाको बैगुन्धुराकी सुजाको मागी विवाह भएको थियो । फणीन्द्रको २०७१ सालमा मृत्यु भएको थियो । छोराको मृत्यु भएको ९ वर्षपछि परिवारले बुहारीलाई सुनसरी डुम्राहाका रमेश रेग्मीसँग विवाह गरिदिएका हुन् ।

कान्छी बुहारीको रुपमा भित्र्याएकी सुजालाई छोरीको रुपमा विवाह गराइदिएको जानुकाले बताइन् । बुहारीको माइती पक्षसँग पनि छलफल गरेर विवाह गरिदिएका जेठाजु पुण्यले बताए ।

बेहुला रमेश रेग्मीको पहिलो श्रीमतीको दुई वर्ष पहिले मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् । बेहुली सुजाकी पनि एक छोरी छन् ।source- onlinekhabar

प्रतिक्रिया दिनुहोस्