कारले स्कुटरलाई ठक्कर दिँदा २३ वर्षीया अनिशा र २४ वर्षीया भावनाको मृ'त्यु

| २०८० मंसिर २४ गते २१: २५ मा प्रकाशित

पोखरा। पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५,जिरो बस्ने २४ वर्षीया भावना बराल रहेको कास्की प्रहरीले जनाएको छ ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

दिउँसो सवा ४ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका अनिशा र भावनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अनिशालाई अस्पताल लग्नेबित्तिकै ४ः३९ बजे मृत घोषण गरिएको थियो ।

भावनालाई पौने ६ बजे चरक अस्पताल रेफर गरिएकोमा सवा ७ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।

कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई नियन्त्रणमा लिइएको छ । ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो । स्कुटर कार मुनि परेको थियो ।स्रोत -सिधा कुरा अनलाईन 

प्रतिक्रिया दिनुहोस्