राहुल महरालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर

| २०८० माघ ११ गते १८: ४७ मा प्रकाशित

काठमाडौं ।भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेको छ । यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए ।

न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्