२०८१ को पात्रो माघ १५ गतेदेखि बजारमा आउने

| २०८० माघ १२ गते १४: ४९ मा प्रकाशित

काठमाडौँ । २०८१ को पात्रो माघ १५ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति दिएको जनाउँदै माघ १५ देख बजारमा आउने जनाएको छ । 

विसं २०८१ का लागि समितिले १५ वटा पात्रोलाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशंकर गरी १५ पात्रोलाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक ढुंगेलले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्