पाल्पा दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, १७ घाइते

| २०८० फागुन २ गते १७: १५ मा प्रकाशित

पाल्पा । पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसी रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  सुगन्ध श्रेष्ठले रातोपाटीलाई बताए ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको  प्रहरीले जनाएको  छ।

घाइते हुनेहरुमा  पाल्पा तिनाउ ६ की २० वर्षीय कृष्णा पन्त,  सोही ठाउँकै १९ वर्षीय उमा रास्कोटी, २१ वर्षीय अमृता गहतराज,  १९ वर्षीय शान्ति राना,  ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली,  २८ वर्षीय कमला सुनार, रुपन्देही खैरेनी – ५ का  ९ वर्षीय विवेक जिसी,  सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीय सविता परियार, रिव्दिकोट १ की ३० वर्षीय रमा सुनार, सोही ठाउँकै ६ वर्षीय विद्या सुनार, ६ वर्षीय साया सुनार, ५ वर्षीय आलब सुनार,  तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीय भुमी पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको  छ ।

मंगलबार बेलुका  ५ बजेको समयमा जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा ब्याक भई दुर्घटना भएको थियो।  जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको  प्रहरीले जनाएको  छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्