पुलिस लेखिएको भारतीय गाडी नेपाल प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लियो

| २०८० फागुन २ गते २२: २७ मा प्रकाशित

कपिलवस्तु, फाल्गुन २ ।बुधबार साझ नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै   एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ हानियो मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ ।

इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक पब्लिकले जिल्ला एसपी लाई फोन लगाए कुनै दुर्घटनाको गाडी चन्द्रौटा तर्फ गयो भनेर ।
इप्रका कृष्णनगरले पिछा गर्यो गाडी कम्तिमा पनि सयको स्पिडमा हुनु पर्छ पिछा गर्ने सइ दामोदर डाङ्गी बताउछन । भन्सार , शसस्त्र प्रहरी, ट्राफिक प्रहरीलाई उछिनेर अघि बढेको गाडी कृष्णनगर प्रहरीको पन्जाबाट भने उम्कन सकेन । कृष्णनगर प्रहरीका करिब ४ मोटरसाइकलमा प्रहरीले घेरा हाली गाडी नियन्त्रणमा लिन्छन् गाडीमा लेखिएको हुन्छ POLICE . । 

UP51AX3170  भारतिय नम्बर प्लेटको गाडी फिल्मी शैलीमा नेपाल छिर्यो फिल्मी शैलिमै प्रहरीको फन्दामा पर्यो ।

इन्डियामा कतै दुर्घटना गराई भागेको हुनसक्ने प्रहरीको अनुमान छ। अगाडिको बम्परको भाग कच्याककुचुक भएको र चालकले मापसे गरेको इप्रका कृष्णनगरका प्रहरी निरिक्षक ( इन्स्पेक्टर )लक्ष्मण ओलीले बताउनु भयो । इन्डिया बस्तिका नागरिक शिव प्रसाद उपाध्ययको नाममा उक्त गाडी पुलिस लेखिए पनि इन्डियन पुलिसको भए नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्