घिमिरेले आफ्नो जन्मदिनमा बाहिरी फजुल खर्च नगरी बाल गृहका बालबालिकाहरुको लागि गरे खाद्यान्न सहयोग

| २०८० फागुन १२ गते १६: ५३ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची। लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष सागर घिमिरेले आज आफ्नो जन्म दिनको अवसर पारी बाहिरी फजुल खर्च नगरी  बालगृहका बालवालिकासँग मनाएका छन् ।

घिमिरेले जन्म दिनमा केक काट्ने चलन लाई हटाउन पर्ने,संगै केक काटेर हजारौं खर्च गर्नुको सट्टा गरिब दुखी पीडित, लाई सहयोग गर्ने आग्रह समेत गरेका छ्न!

उनले थपे हामी सेवा गछौँ भन्ने मान्यताका साथ अगाडी बढेका छौँ त्यसले पनि आफु भन्दा कम भाग्यमानीलाई सहयोृग गर्नु नै सबै भन्दा ठुलो धर्म हो त्यसकारण मैले बालगृहमा जन्मदिन मनाए घिमिरेले भने । अन्य ठाउँमा खर्च गर्ने रकमले वाल गृहका बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरेका हुन् ।

खाद्यान्न वितरण कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, बालगृह प्रमुख राम प्रसाद अर्याल, बालगृह कर्मचारी श्याम गौतम, दिनेश बोगटी, कविता डङ्गोरीया, आई.पि.डि अन्जना थापा, उपाध्यक्ष नारायण पौडेल, कोषाध्यक्ष गिरीराज कंडेल, सह–सचिव दामोदर पन्थी, डाइरेक्टर युवराज पन्थ, तुलसीराम थारु, मदन अर्याल लगायतको उपस्थिती कार्यक्रममा क्लवका सचिव राम प्रसाद भुसालको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्