राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/०८१ एक कार्यक्रमका बिच शुभारम्भ

| २०८० फागुन १३ गते १७: ४८ मा प्रकाशित

अर्घाखाँची, फाल्गुन -१३ । अर्घाखाँची जिल्लामा  १२८१० लक्षित बालबालिका लाई खोप लगाइने भएको छ, खोप लगाउनको लागी  ३३१ खोप केन्द्र तोकिएको छ भने ३३१ खोप  केन्द्रको लागी एक जना स्वास्थकर्मी तथा एक जना सहयोगी खटाइएको  जनस्वास्थ अधिकृत शिव नेपालीले बताएका छन।     
  
जिल्ला सदरमुकाम सन्धिखर्क को टुडिखेलमा रहेको बालमन्दिर बाट खोपको शुभारम्भ गरिएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख जिबनारायण कोइरालाले बालबालिकाहरु लाई खोपकार्ड दिएर शुभारम्भ गर्नु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु , स्वास्थ निर्देशनालयका प्रतिनिधि मनोज नेपाल खुशी खुशी, उधोग बाणिज्य संघ , नेपाल रेडक्रस सोसाइटी , आर्युबेद स्वास्थ केन्द्र, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाको उपस्थितमा खोप शुभारम्भ गरिएको छ ,खोप यहि फाल्गुन -१७ गते सम्म ९ महिना देखी ५ बर्ष सम्मका बालबालिकाहरु मात्रै  लगाइने जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्