इलाममा नेकपा एसको कन्तबिजोग, करिब ७ हजार मत गन्दा तीन वडामा शून्य

| २०८१ बैशाख १६ गते २०: ४० मा प्रकाशित

इलाम । इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा एसको तीन वडामा शून्य मत आएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार इलामको फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, ३ र ५ मा नेकपा एसको शून्य मत आएको छ ।

वडा नम्बर २ र ४ मा भने समान ६ मत आएको छ । नेकपा एस भन्दा राप्रपा अगाडि देखिएको छ । राप्रपाले भने कुनै वडामा सून्य मत ल्याएको छैन ।वडा नम्बर १,२,३,४ र ५ मा क्रमशः ४, २, ३, ५ र ८ मत रामप्रपाको आएको छ । प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम २ बाट नेकपा एसको कलम चुनाव चिन्हका उमेद्वार जितबहादुर राई हुन् भने राप्रपाको हलोका उमेद्वार लक्ष्मी गुरुङ छन् ।

हालसम्म ६ हजार ९६६ मतगणना भइसकेकाे छ । जसमा एमालेले ३२४९ मतसहित लिड गरिरहँदा नेपाली कांग्रेसले २४६९ मत ल्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस्