क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर

| २०८० फागुन १४ गते १८: ०८ मा प्रकाशित

क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले दोषी ठहर गर्ने फैसला गरेको हो । आइतबार फैसला सुनाएको अदालतले बास्तोलालाई १ वर्ष कैद सजाय तोकेको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो । सोही मुद्दामा उनी दोषी ठहर भएका हुन् । शिलापत्र 

प्रतिक्रिया दिनुहोस्