अदालतबाट न्याय पाएकी भारतीले लिइन् अप्रिय निर्णय

| २०८० फागुन १५ गते १९: ५९ मा प्रकाशित

रिगल भनिने गुण्डा नाइके योगराज ढकालविरुद्ध सर्वोच्च अदालत गएर न्याय पाएकी  चेतन मानन्धरकी पत्नी भारती शेर्पाले विष सेवन गरेकी छन् । उनले एकाएक मंगलबार विषय सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ । 

भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनले विषय सेवन गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सर्वोच्चले मानन्धरको हत्यारा योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको थियो । 

गत कात्तिक १६ गते न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ । सो लगत्तै ढकाल पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्