कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृ'त्यु

| २०८० चैत १ गते १७: २५ मा प्रकाशित

काठमाडौं । कुवेतमा एउटा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा अछामको पञ्चदेवल विनायक–५ का सुरतबहादुर कठायत, काठमाडौँको नागार्जुन–२का सुजन कार्की र धनुषाको वेंगाडावर–३ का धिरज गुर्मछान मगरको मृत्यु भएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जनाएका छन् ।

मंगलबार (मार्च १२) मा कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा सो दुर्घटना भएको हो । तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे।

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्