नेविसंघले गर्‍यो अर्थमन्त्री पुन र गृहमन्त्री लामिछानेको पुत्ला दहन

| २०८० चैत ४ गते २०: ११ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । नेविसंघका केन्द्रीय सदस्य र त्रिभुवन विश्वविद्यालयका नेताहरूले उनीहरूको पुत्ला दहन गरेका हुन् । 

आइतबार त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै उनीहरुले पुन र लामिछानेको राजीनामा माग समेत गरेका थिए । पुन सुन काण्ड र लामिछाने सहकारी काण्डमा  मुछिएकाे भन्दै नेविसंघले उनीहरूका विरुद्ध प्रदर्शन गरेको हो । ratopati

प्रतिक्रिया दिनुहोस्