शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

| २०८० चैत ५ गते १५: ०९ मा प्रकाशित

काठमाडौं। शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको थियो।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा लिएर उनी अलप भइन ।

तर प्रहरीले १२ घण्टामै मनकुमारीलाई नियन्त्रणमा लियो । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी थिइन् । 

बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा सन्तान नहुन सक्छ भनेपछि शिशु चोर्ने योजना बनाएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्