गृहमन्त्रीको राजीनामा माग्दै मसाल जुलुस : नेविसंघ र प्रहरीबीच झडप

| २०८० चैत ८ गते १९: ३८ मा प्रकाशित

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ। बिहीबार साँझ नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले सरकारविरुद्ध मसाल जुलुस निकालेको हो।

उनीहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ र प्रहरीबीच झडप भएको छ। राँके जुलुस प्रदर्शन गर्दै उनीहरुले सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए।

नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ। अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्