हुम्लामा जिप दुर्घटना: दुईको मृ'त्यु, पाँच घाइते

| २०८० चैत १० गते १७: ३१ मा प्रकाशित

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए।

सु-प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। उनका अनुसार मृतक र घाइतेको उद्धार कार्य भइरहेको छ।

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्