तनहुँमा पर्यटक बस दुर्घटना ,६ जना चिनियाँ पर्यटक घाइते

| २०८० चैत १० गते १७: ४८ मा प्रकाशित

काठमाडौँ । तनहुँमा पर्यटक बस दुर्घटना भएको छ ।पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन् ।

उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको छ । उक्त बसमा २६ यात्रु सवार थिए।

बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्