ओमनबाट चार दिन पहिले फर्किएका युवाले गरे आफ्नै श्रीमतीको ह'त्या

| २०८० चैत २२ गते १६: २७ मा प्रकाशित

झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाँउपालिकाका ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ममसरीको हत्या गरेका हुन् ।

बिहान साढे ६ बजेतिर देवनारायणले घाँटीमा खुकुरी प्रहार गरी ३३ बर्षिया श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरीसहित राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीमा ४ दिन अघि मात्रै फर्किएका थिए ।श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको भन्दै उनीहरुबीच विवाद हुँदै आएको थियो ।

यहि विवादका कारण उनी अचानक विदामा घर आएको खुलेको छ । श्रीमती स्थानीय विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत थिइन्।

प्रतिक्रिया दिनुहोस्