वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

| २०८० चैत २३ गते १३: १६ मा प्रकाशित

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको स्थायी ठेगाना गुलरियाको कृष्णपुर नगरपालिका हो ।

उनको इन्स्टाग्राम स्टोरी हेर्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको लागि जापानमा रहेको बुझिन्छ । रविले गतमहिना बहुप्रतिप्रथाको कथावस्तुमा बनेको फिल्म ‘द्रौपदी’बाट अभिनय करिअर थालेका थिए ।source-onlinekhabar

प्रतिक्रिया दिनुहोस्