सुनसरीमा २ समूहबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाइ फायर

| २०८० चैत २३ गते १६: ४८ मा प्रकाशित

काठमाडौँ । सुनसरीको भुटाहामा दुई समूहबीच भएको झडपले उग्र रुप लिँदा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । यस्तै प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्