श्रीमानको धारिलो हतियार प्रहारले महिलाको मृ'त्यु

| २०८० चैत २४ गते २२: ०४ मा प्रकाशित

२४ चैत, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको ह'त्या भएको छ ।

३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए । जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन् ।

शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।source-onlinekhabar

प्रतिक्रिया दिनुहोस्