धुर्कोटको पिपलधारा बङ्ज्याङमा आगलागी हुदाँ लाखौंकाे क्षती

| २०८० चैत २७ गते २२: ५७ मा प्रकाशित

रबि पोख्रेल,अर्घाखाँची। धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बङ्ज्याङ इद्र निवासी तेज बहादुर महत काे घरमा आगाे लागि हुदाँ लाखौं  बराबरकाे क्षती भएकाे छ।

आज दिउसाे करिब ५ बजेकाे समय आगाे बालेकाे गाेठकाे चुलाे बाट आगाे सल्किएर घर र बाख्राकाे खाेर पुर्ण रुपमा जलेर नस्ट भएकाे स्थानिय समाज सेवि बाबुराम के सी ले जानकारी दिनुभयाे। 

आगाे लागिमा परि १० वटा बाख्रा काे मृत्यु भएकाे र घर भित्र रहेकाे नगद गरगहना र अन्न लत्ता कपडा सम्पुर्ण जलेर नस्ट भएकाे उहाँले बताउनु भयाे। आगाे लागिका कारण मानविय क्षति नभएता पनि ठुलाे धनजनकाे क्षति भएकाे बताईएकाे छ। 

प्रतिक्रिया दिनुहोस्