पिपलधारा चौतारि सम्पर्क समिति बिश्व सन्जाल गुल्मीद्वारा भित्ते पात्रो बिमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान

| २०८० चैत २७ गते २३: ०९ मा प्रकाशित

गुल्मी। पिपलधारा चौतारि सम्पर्क समिति बिश्व सन्जाल गुल्मीले  यो बर्ष पनि २०८१ को भित्ते पात्रो  क्यालेन्डर बिमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि  धुर्कोट गाउँपालिका अध्यक्ष  भुपाल पोखरेलले भित्ते पात्रोको  विमोचन गरेको  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गिरि तथा सस्था का सल्लाहकार एबम् नेपाल सरकार का सचिव  डाक्टर नारायण थापा  र धुर्कोट गाउँपालिका वडा नम्बर २ का  वडाध्यक्ष बाबुराम खडका पिपलधारा चौतारिका अध्यक्ष बाबुराम गौतम ,प्रथम  उपाध्यक्ष  दुर्गा क्षेत्री ,संस्थाका सल्लाहाकार कमल जि सी  लगायतको  उपस्थिति  रहेको थियो । यस्तै उक्त कार्यक्रमको सभापतित्व स्थानीय अध्यक्ष बाबुराम गौतम  र सञ्चालन सचिव  अशोक खनालले गर्नुभएको थियो ।

 कार्यक्रम गणेश मा बि को प्राङ्गणमा भएको थियो ।कार्यक्रममा बोल्दै नया कार्यसमितिका अध्यक्ष लक्ष्मण जिसिले पिपलधारा बाट रोजगारीको सिलसिलामा  देश विदेश मा रहेका  सम्पूर्ण   युवालाई समेटेर   गाउँको स्वास्थ्य शिक्षा,लगायतको कार्यमा स्थानीय निकायसँग सहकार्य गर्दै  सम्पूर्ण युवालाई  सक्रीय बनाउँदै लैजाने प्रतिबद्धता जनाउनु भयो ।

 कार्यक्रममा सहभागीहरुले   संस्थाले  गरेका कार्यको प्रसंसा गर्दै अगामी दिनहरूमा पनि संस्थाले आयोजना गर्ने कार्यक्रममा सहयोग र सहकार्य गरेर अगाडि जाने प्रतिबध्दता व्यक्त गर्नु भएको छ ।

धुर्कोट गाउँपालिका ले आफ्नो स्थानीय पाठ्यक्रम मा समेत यो संस्थालाई समावेस गरेको छ ।गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा वार्ड नं २ पिपलधारा बाट विश्वका विभिन्नमुलुकहरूमा छरिएर रहेका युवाहरुको परोपकारी  संस्था  विक्रम सम्वत २०७१ सालमा स्थापना भएको हो ।यो संस्थाले पिपलधारा स्वस्थ चौकीलाई एम्बुलेन्स हस्तान्तरण,वडामा रहेको  श्री गणेश उच्च मा वि स्थापनाको लागि रु ५५५५५५  सहयोग,मिर्गौला पीडित प्रतिमा थापा बचाउ अभियान अन्तर्गत रु ५ लाख हस्तान्तरण,जनचेतना मुलक होर्डिङ बोर्ड निर्माण,पर्यटन मन्त्रालय र संस्थाको सहकार्यमा सार्वजनिक मंच  निर्माण,कोरोना कालमा विशेष अभियान  लगायत विभिन्न सामाजिक काममा सहयोग र दुखी विपन्न असहाय पीडित परिवार लाई सहयोग गर्दै आइरहेको   संस्थाका सहसचिव विक्रम जी सी ले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्