प्रवासी नेपाली मञ्च टेक्सास कमिटीको उपाध्यक्षमा अर्घाखाँचीका लक्ष्मण थापा

| २०८१ बैशाख १७ गते १८: ४८ मा प्रकाशित

हरि कुँवर, काठमाडौं ।प्रवासी नेपाली मञ्च टेक्सास कमिटीको उपाध्यक्षमा अर्घाखाँचीका लक्ष्मण थापा निर्विरोध निर्वाचित भएका छ्न।

प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य अधिबेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार ड्यालसमा सम्पन्न भएको हो । अधिबेशनबाट अर्घाखाँची बाँगी कुजेरिका 
लक्ष्मण थापा टेक्सास कमिटीको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

राजु नेपालको अध्यक्षतामा १३ सदस्यीय राज्य कमिटी चयन गरिएकोमा थापा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

राज्य कमिटीका पदाधिकारीहरुमा उपाध्यक्ष मधुसुदन ज्ञवाली र लक्ष्मण थापा, सचिबमा मनिष थापा, सह सचिवमा साधना पन्त रहेका छ्न  । यसै गरि सदस्यहरुमा क्रमस भिषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, बिशाल मरासिनी, गगनदिप जि.सी, अर्जुन त्रिपाठी, बिक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारी रहेको निर्बाचन समितिका प्रमुख गोकर्ण दाहालले जानकारी दिए । ।

नव निर्बाचित पदाधिकारीहरुलाई प्रवासी नेपाली मञ्च  अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले पद तथा गोपनियताको सपथ गराए  । उक्त अवसरमा प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका ईन्चार्ज प्रभु थापा, अमेरिका क्षेत्रीय सँयोजक ईश्वरी भट्ट, मन्च राष्ट्रिय कमिटीका उपाध्यक्ष भिम ओली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

बन्द शत्रमा प्रवासी नेपाली मञ्च राज्य समितिका अध्यक्ष लक्ष्मण घिमिरेले साँगठनिक र आर्थिक, बिभाग प्रमुख मनोज धितालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्बसहमत पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्