काठमाडौँमा बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट

| २०८१ बैशाख १७ गते १९: ५३ मा प्रकाशित

                                                          फाइल तस्विर 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नम्बरको मिनी बसमा साेमबार आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो । 

उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीले स्थानीय बासिन्दा र  चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्