मासु खान गाई मा'रे'को आरोपमा मनाङमा ३ जना पक्राउ

| २०८१ बैशाख १७ गते २१: ४० मा प्रकाशित

मासु खान गाई मारेको आरोपमा मनाङमा प्रहरीले ३ जनालाई मनाङको  ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट पक्राउ गरिएको छ । 

पत्राउ पर्नेमा मनाङमा मजदुरी गर्न आएका डोल्पाको काकोट गाउँपालिका-९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका-१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङ हुन्।

 उनीहरुले आइतबार साँझ मनाङ डिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रायोजनको लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्