स्कुलको भ्यानमा आगलागी

| २०८१ बैशाख २४ गते १६: ०५ मा प्रकाशित

                                                                सांकेतिक तस्विर 

जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

कुर्थाबाट स्कुलतर्फ आउने क्रममा सो स्कुल भ्यानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो  । 

आगलागीबाट स्कुल भ्यानमा क्षति पुगेको प्रहरीको भनाइ छ ।ब्राइटर खबर 

प्रतिक्रिया दिनुहोस्