सन्धिखर्क नगरपालिका

भावनात्मक एकताले मात्र पार्टी बलियो बनाउँन सकिन्छ -एमाले नेता प्रेम गैरे

२०७८ पौष १५

गुरुदेव खनाल ,सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँची जिल्ला कमिटी उपसचीव प्रेमनारायण गैरेले आफूहरू सधै एकताबद्द बलियो पार्टी निर्माणको पक्षमा रहेकाले पार्टीलाई बिधि पद्लाइमा संचालन गर्न खबरदारी गर्दै आएको स्पस्ट पारेका छन ।उनले भने घर परिवारमा एक आपसमा गरिने छलफल र समझदारीले जसरी परिवारलाई बलियो बनाइराख्न मद्धत पुर्याउछ त्यस्तै पार्टीमा पनि बहस बिमर्श र छलफलले पार्टीलाई थप बलियो बनाउने भएकाले पार्टीको बिधि भित्र रहेर पार्टीमा सधैं सकारात्मक बहसको आवश्यता पर्ने बताएका छन ।