सन्धिखर्क नगरपालिका शिक्षा युबा तथा खेलकुद शाखाको आयोजनामा बिधालय ब्याबस्थापन समितिका अध्यक्षहरु संग अन्तरक्रिया कार्यक्रम शुरु

| २०७८ पौष १२ गते १५: २४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १२- सन्धिखर्क नगरपालिका शिक्षा युबा तथा  खेलकुद शाखाको आयोजना मा बिधालय ब्याबस्थापन समितिका अध्यक्ष हरु संग अन्तरक्रिया कार्यक्रम शुरु भएको छ।
 
सन्धिखर्क नगरपालिका को सभाहल मा शुरु कार्यक्रम मा सन्धिखर्क नगरपालिका का ६८ वटा बिध्यालयका अध्यक्ष हरुको सहभागिता रहेको थियो ।नगरशिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कमल प्रसाद भुसाल को अध्यक्षता मा शुरु कार्यक्रम मा सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,नगरप्रबक्ता तथा वडा न. ३ का वडा अध्यक्ष लिलाराम गौतम , अधिकृत जिबनारायण आचार्य , सामाजिक बिकाश समितिका सदस्य मान बहादुर सुनार पत्रकार महासंघ का जिल्ला  अध्यक्ष अशोक खनाल लगायत को उपस्थित रहेको थियो सन्धिखर्क नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन्जु आचार्य को संचालन अधिकृत जिबनारायण आचार्यको स्वागत मन्तव्य बाट शुरु कार्यक्रम मा शाखा मा सरुवा भइ आउनु भएकि प्राबिधिक साहायक बिन्दु पोख्रेल लाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्