सन्धिखर्क नगरपालिका

बाँगीखोला र घोंचेखोला भू-माफियाद्वारा रातरात यसरी दोहन गरिँदै: सम्बन्धित निकाय मौन

२०७८ फागुन १७

गुरुदेब खनाल। भनिन्छ नेपालमा जे जति संघर्ष र परिवर्तनहरु भए जनताको हकहितको लागि, सर्वहारा, उत्पीडित बर्गको लागी, यस्ता किम्बदन्ती चिल्ला कुरा त केबल तथ्यहिन नारा र भालु पुराण जस्तै सिद्धान्तमा सिमित रह्यो । राणाकाल र पञ्चाय कालको त्यति प्रत्यक्ष जानकार नभए पनि केही समय अगाडि राजा तानाशाही प्रवृत्तिको भयो। पुजीवादी प्रवृत्तिको भयो । शोषक भयो बिदेशी दलालहरुसङ्ग मिल्यो ।