नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश

| २०८० कार्तिक ४ गते १७: ०७ मा प्रकाशित

काठमाडौं । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पहिलो सेमिफाइनलमा जापानलाई डकवर्थ लेविसका आधारमा १ सय ४३ हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

फाइनल पुगेसँगै नेपाल यू–१९ एसिया कपमा समेत छनोट भएको छ । 

नेपालले सुरुआती ब्याटिङ गर्दा २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाएपछि वर्षाले खेल प्रभावित बनेको थियो।

नेपालका ओपनर दिपक बोहरा ७९ रनको शानदार इनिङ्स खेलेका थिए । अर्जुन कुमाल १० रनमा पोविलियन फर्किएका थिए । आकाश त्रिपाठीले ३५ र कप्तान देव खनालले ८ रन बनाएको अवस्थामा निरन्तर झरी परेपछि खेल वर्षाले प्रभावित बनेको थियो ।

जापानका कजुमा काटो स्टेफोर्ड र किफर यामामोटोले समान एक विकेट हात पारेका थिए ।

त्यसपछि जापानले १ सय ८७ रनको लक्ष्य प्राप्त गरेको थियो । तर जापान ११ दशमलव ५ ओभरमा ४३ रनमा अलआउट हुन पुग्यो। 

शोतारो हिरात्सुकाको १५ र किफर यामामोटोको १३ रन टोलीको सर्वाधिक स्कोर रह्यो । अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

जापानका ५ खेलाडी शुन्य रनमा पोविलियन फर्किएका थिए ।

नेपालका हेमन्त धामी र दिपेश कँडेलले समान ३ विकेट, सुवास भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्