विवाहको सात वर्षपछि एकैसाथ पाँच छोरी जन्मिएपछि…

| २०८० जेठ ११ गते १७: ५१ मा प्रकाशित

भारत, ११ जेठ । झारखण्डको सबैभन्दा ठूलो सरकारी अस्पताल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)मा सोमबार दिउँसो एक महिलाले पाँच छोरीलाई जन्म दिएकी छन्।

विवाहको सात वर्षपछि सन्तान जन्माएको भन्दै आमा अंकिता कुमारी र बाबु प्रकाशकुमार साव खुसी छन्। तर, यो खुशीले उनीहरूका लागि धेरै चिन्ता पनि ल्याएको छ।

अहिले बालिका र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। तर, उनले आगामी केही साता अस्पतालमै बिताउनुपर्ने भएको छ।

जन्मिएका बालिकालाई दुई फरक अस्पतालको नवजात शिशु सघन उपचार इकाई (एनआईसीयू) मा भेन्टिलेटरको सहयोगमा राखिएको छ।

प्रि-नेटल चेकअपपछि डाक्टरले उनलाई एकभन्दा बढी बच्चाहरुसँग गर्भवती भएको बताएका थिए।

उनी चिकित्सकको निगरानीमा थिइन्। वैशाख २२ गते दिउँसो उनलाई एक्कासी सुत्केरी पीडाले आधा घण्टामा एकएक गरी पाँच छोरीलाई जन्म दिइन्।

उनको उपचारमा संलग्न डा. शशिबाला सिंहको टोलीमा रहेका डा बुलुप्रियाले रिम्समा पहिलो पटक एकैसाथ पाँच सन्तान जन्मेको बताए।

यसअघि यहाँ एक महिलाले चार सन्तानलाई जन्म दिएकी थिइन्। अहिले त्यो रेकर्ड तोडिएको छ। बीबीसी हिन्दीमा प्रकाशित समाचारअनुसार

photo source : BBC/Hindi

प्रतिक्रिया दिनुहोस्