पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृ'त्यु:: ६७ घाइते

| २०८१ बैशाख ५ गते १७: २८ मा प्रकाशित

इस्लामावाद। भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनाश मच्चाएको छ। विनाशको कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको  एक अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण  ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन्  । घाइते हुनेमा ४१ जना रहेका छन् भने  एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

 यसैगरी पूर्वी पञ्जाब प्रान्तमा  २३ जनाको ज्यान जानुका साथै  सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो  भने  अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।


कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्